१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

इन्डोनेसियाको अशान्त पपुआबाट १६ हजार विस्थापित

इन्डोनेसियाको अशान्त पपुआबाट १६ हजार विस्थापित
अ अ+ अ-

जकार्ता । इन्डोनेसियाको अशान्त पपुआ क्षेत्रबाट १६ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । इन्डोनेसियाली सेनाका अनुसार पपुआमा भडकिएको हिंसाका कारण यतिठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको यो पहिलो पटक हो ।

गत महिना वामेना नगरबाट भडकिएको हिंसाका कारण केही दर्जन मानिस मारिएका थिए भने केही पीडितलाई जिउँदै जलाइएको थियो । भवनहरुमा आगजनी गरिनुका साथै अरु कतिपय मानिसलाई छुरा प्रहार गरिएको थियो । गत अगस्टको मध्यदेखि पपुआमा आदिवासी पपुआ र बाहिरबाट आएका इन्डोनेसियालीबीच प्रदर्शन र हिंसात्मक झडप जारी रहेका छन् । गरिबीको चपेटामा रहेको पपुआका नागरिकले स्वतन्त्रताको माग गर्दै आएका छन् ।

बहुसंख्यक पपुआका नागरिक इसाई धर्मावलम्बी छन् । मुस्लिम बहुल इन्डोनेसियामा यी दुबै सम्प्रदायबीच वर्षौंदेखि तनाबको स्थिति रहने गरेको छ । गत सोमबार इन्डोनेसियाली वायु सेनाले करिब ११ हजार ४०० जनालाई सैनिक विमानबाट उद्धार गरेको थियो । उद्धार गरिएकाहरुमा अधिकांश आप्रवासीहरु रहेको सेनाले जनाएको छ ।

गत सेप्टेम्बरको अन्त्यदेखि अरु हजारौं व्यक्तिले बढ्दो असुरक्षाका बीच व्यवसायिक उडानबाट पपुआ छाडेको पनि सेनाले बताएको छ । मानव अधिकारवादी संस्थाहरुले वामेना हिंसाका क्रममा ३३ जनाको मृत्यु भएका सम्बन्धमा स्वतन्त्र छानबिन गर्न इन्डोनेसियाली मानव अधिकार आयोग समक्ष आग्रह गरेका छन् ।

उनीहरुले पपुआको हिंसाका बारेमा राष्ट्रसंघीय जाँचका लागि इन्डोनेसिया सरकारले अनुमति दिनुपर्ने माग पनि गरेका छन् । वामेनामा एक स्थानीय शिक्षकले विद्यार्थीका सम्बन्धमा गरेको जातीय टिप्पणीपछि हिंसा भडकिएको थियो । तर प्रहरीले उक्त भनाईको खण्डन गरेको छ ।

त्यसयता हजारौं आदिवासी पपुआ र अन्य सम्प्रदायका मानिसलाई उद्धार गर्नु परेको छ । सामाजिक संजालमा हिंसाका घटना दिनहुँ बढेको खबर फैलिएसँगै त्रासको वातावरण सिर्जना भएको थियो । तर पछिल्लो समय वामेनाका पसलहरु र विद्यालयहरु खुल्न थालेको पाइएको छ । हिंसाको भयका कारण अधिकांश विद्यार्थी विद्यालय नगई घरमै छन् । गत सातादेखि नै सरकारी कार्यालयहरु खुल्न थालेका छन् ।