१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

तालिबानले अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने

तालिबानले अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने
अ अ+ अ-

अमेरिका । ‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म हामी अमेरिकी सेनामाथि हमला गर्न जारी राख्नेछौं र हामी सरकारको शीर्षकमा काबुल प्रशासनसँग वार्ता गर्दैनौं र हामीले त्यस्ता वार्तालाई यसअघि अस्विकार गरिसकेका छौं,’ तालिबान लडाकू समूहका प्रवक्ता जबीउल्लाह मुजाहिदले बताएका छन् ।

गत महिना काबुलमा भएको एक बम विष्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएपछि संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्ति वार्तामा हुने सकेको थिएन । तालिवान र पाकिस्तानबीच अफगान शान्ति सम्बन्धमा नयाँ वार्ता भइरहेको छ, यद्यपि अफगान सरकारले उनीहरूलाई समर्थन गरेको छैन । तालिबानले काबुलको प्रशासनलाई अमेरिकी कठपुतली ठाने र उनीहरूको विश्वासलाई अस्वीकार गर्ने बताएका छन् ।

अफगानिस्तानका राष्ट्रपतिका पूर्व सल्लाहकार दाउद सुल्तानजोयका अनुसार शान्ति वार्तामा संलग्न देशहरूले बाँकी सहभागीहरूसँगको आत्मविश्वास बढाउन आवश्यक भएको बताउनु भएको छ । अफगानी तालिवान समूहको प्रतिनिधिमण्डल र पाकिस्तानबीच शान्तिवार्तालाई पुनः सञ्चालन गर्ने विषयमा गत बिहीबार सहमति भएको थियो ।

अमेरिकी मध्यस्थतामा वार्ता चलिरहेको र वार्ता सहमतिनजिक पुगेको बताइरहेका समय अफगानिस्तानको काबुलमा भएको एक विष्फोटमा एक अमेरिकी कर्मचारीको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको शुरूमा अकस्मात तथा एकतर्फी रूपमा तत्कालका लागि वार्ता अवरूद्ध भएको घोषणा गर्नुभएको थियो ।

तालिवान राजनीतिक आयोगको एक प्रतिनिधिमण्डलले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीलाई उहाँको मन्त्रालयमा भेट गरी शान्ति वार्ता पुनः आरम्भ गर्ने विषयमा छलफल भएको पाकिस्तानी स्रोतले जनाएको थियो ।