काठमाडाैंः बडादशैंकाे नवाैं दिन महानवमीमा देशका विभिन्न मठमन्दिरमा भक्तजनकाे ठूलाे भीड देखिएकाे छ । राससद्वारा सम्प्रेषित केही तस्वीरहरूः सप्तरीको छिन्नमस्ता शक्तिपिठमा महानवमीका दिन पूजागर्न आएका दर्शनार्थीहरुको भिंड । तस्वीर ः नानीमैया कटवालकाठमाडौंको मैतिदेवी मन्दिरमा दर्शन गर्न भक्तजनहरुको भीड । तस्वीर ः चन्द्रकला क्षेत्रीकाठमाडौंको भद्रकालीमा मन्दिरमा दर्शन गर्न भक्तजनहरुको भीड । तस्वीर ः चन्द्रकला क्षेत्रीसप्तरीको कङकालिनी भगवती मन्दिरमा महानवमीका दिन भक्तजनको भिड । तस्वीर ः नानीमैया कटवालचण्डेश्वरी मन्दिरमा दर्शनार्थी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ५ नेपालीहरुको महान चाड दशैंको नवमीका दिन सोमवार चण्डेश्वरी मन्दिरमा दर्शनार्थी । तस्वीर ः पेमा लामाआश्विन शुक्ल नवमी (महानवमी)का अवसरमा पोखरामा मौलो पूजामा सहभागी बन्दै नेपाल प्रहरीका कर्मचारी । नेपाल प्रहरीले परम्परागतरुपमा प्राचीनकालदेखि महानवमीका दिन प्रहरी कार्यालयहरूमा मौलो पूजा गर्दै आएको छ । तस्वीर ः वासुदेव पौडेलनेपालगञ्जस्थित प्रसिद्ध शक्ति पीठ बागेश्वरी मन्दिरमा बलि चढाउनेको भीड । भेषराज बस्नेत न्यूजपोलार २० आश्विन २०७६, सोमबार १६:०५