२२ असार २०८३, सोमबार
,
Latest
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी



अ+ अ-

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले दिवा सेवा केन्द्र नभएका ५० स्थानीय तहमा साझेदारीमा नयाँ केन्द्र स्थापना गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहको आवश्यकता र सिफारिसका आधारमा सेवा केन्द्र स्थापनाका लागि स्थान तय गरिने छ । त्यसका लागि मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी सहजीकरण गर्ने छ ।”

आगामी आवमा भक्तपुरको सूर्यविनायकमा भवन निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिँदै उहाँले सडक बालबालिकाको विषयमा पनि मन्त्रालय संवेदनशील रहेको बताउनुभयो । आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने लक्ष्यका ‘विशेष संरक्षण निर्देशिका–२०८२’ स्वीृकत गरिएको उहाँले उल्लेख गर्नुभयो ।

“सडकमा बालबालिका देख्ने बित्तिकै उद्धार, अस्थायी संरक्षण, उपचार, मनोसामाजिक परामर्श, परिवारको खोजी तथा पारिवारिक पुनःमिलन गराउने व्यवस्था राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय तह, नेपाल प्रहरी र अन्य सङ्घसंस्थाको समन्वयमा अगाडि बढाइरहेको छ”, उहाँले भन्नुभयो ।

उहाँले महिलाको आर्थिक सशक्तीकरणका लागि सीप विकास, उद्यमशीलता, स्वरोजगार र प्रविधिमा पहुँच, सीप परीक्षणलगायतका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयोे ।