१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राष्ट्रपतिले दुई र प्रधानमन्त्रीले पाँच घण्टा टिका लगाइदिने



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका लगाईदिने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपतिले आज दिउँसो १ बजेदेखि २ बजेसम्म टीका लगाउन चाहने इच्छुक विशिष्ट व्यक्तित्व तथा दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म अन्य व्यक्तिलाई टीका लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आज राष्ट्रपति भवन शीतलनिवासको गेट नं १ को टिका लगाउनेका लागि ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्रीले ५ घण्टा टिका लगाइदिने
प्रधानमन्त्री केपी शर्मा ओेलीले आज पाँच घण्टासम्म शीर्ष नेता, मन्त्री, सांसद, विशिष्ट कर्मचारी तथा कार्यकर्तालाई टीका लगाइदिने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार ओलीले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री,सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवक र त्यसपछि अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टी कार्यकर्ता लगायतका व्यक्तिहरुलाई टिका लगाइदिने कार्यतालिका रहेको छ ।