६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुँगुरको मासु खाँदा दुईजनाको मृत्यु



अ+ अ-

पाँचथर । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएका पाँचथर प्रहरीले जनाएको छ ।

बिरामी परेका अर्का एकजना जिल्लाको फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३३÷३४ वर्षका जयप्रकाश जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लाँदै गर्दा बाटोमै ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । उनको गए राति १२ बजेको समयमा ज्यान गएको न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै मासु खाएर कुम्मायक गाउँपालिकाका अन्दाजी २९÷३० वर्षका दिनेश खजुम र जिल्लाको साविक सिदिन गाविसका सुन्दर राई पनि बिरामी परेका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दशैँको अवसरमा उनीहरुले आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको र मासु खाएको प्रहरीको भनाइ छ । शुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको न्यौपानेले जनाकारी दिनुभयो ।