६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्धारा २८ चिनियाँ कम्पनीलाई कालो सूचीमा, मानव अधिकार उल्लङ्घन गरेको आरोप



अ+ अ-

काठमाडों । अमेरिकाले र चीनबीच केही समय यता व्यापार विवाद चलिरहेको छ। यसैबीच ट्रम्प प्रशासनले सोमबार चीनका २८ उत्पादन कम्पनीलाई कालो सूचीमा राखेको छ।

ती संगठनहरूले मानव अधिकार उल्लङ्घन गरेको भन्दै उनीहरूका उत्पादन खरिदमा अमेरिकाले प्रतिबन्ध लगाएको हो। अमेरिकी वाणिज्य विभागका अनुसार यी कम्पनीमाथि चीनको शिजियाङ्‍ग क्षेत्र र अन्य अल्पसंख्यक मुस्लिमको मानवअधिकार हनन‍्मा संलग्‍न रहेको आरोप छ। अमेरिकी वाणिज्य सचिव विलबर रोस अमेरिकी सरकार वाणिज्य विभाग अल्पसंख्यकमाथी निर्मम उत्पीडन गर्ने ति कम्पनीलाई क्षम गर्न नसक्ने बताउँछन्।

कालो सूचीमा राखिएका कम्पनीहरू आर्टीफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) सँग सम्बन्धित छन्। यी मध्ये हाइकभिजन र दहुआ जस्ता कम्पनी छन्। यी कम्पनी सर्विलान्स उपकरण बनउँछन्। यस्तै मेग्वी र आइफ्लाइटेक जस्ता कम्पनीले फेशियल र भ्वाइस रिकनाइजेशनका सामान उत्पादन गर्छन्।

हाइकभिजनका एक प्रवक्ताले अमेरिकी फैसलाको विरोध गरेका छन्।