७ असार २०८३, आईतवार
,
Latest
संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्धारा २८ चिनियाँ कम्पनीलाई कालो सूचीमा, मानव अधिकार उल्लङ्घन गरेको आरोप



अ+ अ-

काठमाडों । अमेरिकाले र चीनबीच केही समय यता व्यापार विवाद चलिरहेको छ। यसैबीच ट्रम्प प्रशासनले सोमबार चीनका २८ उत्पादन कम्पनीलाई कालो सूचीमा राखेको छ।

ती संगठनहरूले मानव अधिकार उल्लङ्घन गरेको भन्दै उनीहरूका उत्पादन खरिदमा अमेरिकाले प्रतिबन्ध लगाएको हो। अमेरिकी वाणिज्य विभागका अनुसार यी कम्पनीमाथि चीनको शिजियाङ्‍ग क्षेत्र र अन्य अल्पसंख्यक मुस्लिमको मानवअधिकार हनन‍्मा संलग्‍न रहेको आरोप छ। अमेरिकी वाणिज्य सचिव विलबर रोस अमेरिकी सरकार वाणिज्य विभाग अल्पसंख्यकमाथी निर्मम उत्पीडन गर्ने ति कम्पनीलाई क्षम गर्न नसक्ने बताउँछन्।

कालो सूचीमा राखिएका कम्पनीहरू आर्टीफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) सँग सम्बन्धित छन्। यी मध्ये हाइकभिजन र दहुआ जस्ता कम्पनी छन्। यी कम्पनी सर्विलान्स उपकरण बनउँछन्। यस्तै मेग्वी र आइफ्लाइटेक जस्ता कम्पनीले फेशियल र भ्वाइस रिकनाइजेशनका सामान उत्पादन गर्छन्।

हाइकभिजनका एक प्रवक्ताले अमेरिकी फैसलाको विरोध गरेका छन्।