१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांस स्थानको मौसम बदली, पानी पर्ने संभावना



अ+ अ-

काठमाडौं । देशभर आज अधिकांस स्थानको मौसम बदली भई पानी पर्ने संभावना रहेको छ ।
काठमाडौं उपत्यका सहित मध्य, पुर्व र पश्चिमका धेरै जसो स्थानमा पानी पर्नेछ भने केहि स्थानमा भारी बर्षा समेत हुने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी गतिविधि सकिनुपर्ने समय भएपनि यस बर्ष भने ढिलोसम्म सकृय भइरहेको छ । जलबायु परिर्वतन, बंगालको जलबाष्पयुक्त हावा, अरव सागरबाट आएको बायु र भारतमा रहेको मनसुन न्युनचापिय रेखा नेपालतर्फ सरेका कारण मनसुनी गतिविधी सकृय भइरहेको महाशाखाले जनाएको छ ।