७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल एक्सरे मेशिनबाट सेवा शुरु



अ+ अ-

डोटी । जिल्ला अस्पताल डोटीमा डिजिटल एक्सरे मेशिनबाट बिरामीलाई सेवा दिन थालिएको छ । अस्पतालमा भएको सामान्य एक्सरे मेशिन पनि बिग्रिएको र बिरामीलाई एक्सरे सेवा लिन कठिन भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले लाखौं मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेशिन डोटी अस्पतालमा पठाएपछि अहिले उक्त मेशिनबाट सेवा दिन थालिएको होे ।

उक्त डिजिटल एक्सरे मेशिनका सम्पूर्ण सरसामान तथा पार्टपुर्जा जडान गरी दैनिक रुपमा सेवा सञ्चालन भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा भूषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “डिजिटल एक्सरे मेशिन ल्याएर हामीले बिरामीलाई सेवा दिन शुरु गरेका छौँ, उक्त सेवाबाट सबै सन्तुष्ट भएका छन् ।”

सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाभन्दा डोटीमा डिजिटल एक्सरे मेशिन पहिलो पटक आएको हो । जिल्ला अस्पतालमा यसअघि एक्सरे मेशिन बिग्रिएका कारण स्थानीयवासी सामान्य एक्सरे गर्न दिपायल तथा जिल्ला बाहिर गई महंँगो पैसा खर्च गरेर सेवा लिन बाध्य थिए । अस्पतालमा डिजिटल एक्सरे मेशिन आएपछि स्थानीयवासी निकै खुशी भएको त्रिवेणी एफएमका स्टेशन मेनेजर कर्ण चन्दले बताउनुभयो ।

यस्तै जिल्ला अस्पतालमा एकपछि अर्को सेवा थपिँदै आए पनि अस्पतालमा भने सरकारी दरबन्दीअनुसारका चिकित्सक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । चार सरकारी चिकित्सकको दरबन्दी रहेको उक्त अस्पतालमा पछिल्लो समय गैह्रसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ । अस्पतालमा नवौँ र दशौँ तहका दुई र मेडिकल अधिकृत दुई गरी चार जनाको दरबन्दी भए पनि एक मेडिकल अधिकृत डा भूषण मिश्र मात्रै कार्यरत हुनुहुन्छ । उहाँले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहनुभएको छ ।

अस्पतालमा सरकारी चिकित्सक नभएपछि गैह्रसरकारी संस्था निक साइमन इण्टरनेशनलले दुई चिकित्सक एमडिजिबी डा गिरीश अवस्थी र एमबिबिएस डा खुसिद आलम खान खटाएको छ । दरबन्दि अनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या अस्पताल प्रशासनले जनाएको छ । दरबन्दीनुसारका चिकित्सक नभए पनि स्वास्थ्यकर्मी भने दरबन्दीअनुसार नै छन् । त्यस्तै अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पर्याप्त संरचना बनेका भए पनि अहिलेसम्म १५ शय्या मात्रै स्वीकृत छ ।