२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागरमा खानेपानीको समस्या



अ+ अ-

दाङ। दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ ।

गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ । खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता छ ।

त्यतिमात्रै नभई मुहानमा गएर पनि एक घण्टासम्म पालो कुनुपर्ने अवस्था रहेको स्थानीय सीता चौधरीले गुनासो गर्नुभयो । “पानी ल्याउन पोखरीसम्म जानका लागि आधा घण्टा लाग्छ, मुहानमा गए पनि पालो पाउन मुस्किल छ”, उहाँले भन्नुभयो ।

त्यहाँ करिब डेढ सय घरपरिवार छन् । बागरको ठन्डीबजार, बनखल्यान, नयाँगाउँ, गोठीगाउँलगायत गाउँमा खानेपानीको निकै समस्या हुने गरेको छ । ती दुईवटा मुहानको पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्न सकेमा समस्या नहुने स्थानीय एमेशन चौधरीले बताउनुभयो । “दुईवटा मुहानलाई एउटा ओभरहेड ट्याङ्की बनाएर जम्मा गरेमा सबै गाउँलाई सहजै पुग्थ्यो”, उहाँले भन्नुभयो, “घण्टौँ पालो कुर्नुपर्ने अवस्था आउने थिएन ।”

गाउँमा एउटा डिपबोरिङसमेत खनिएको छ । त्यो डिपबोरिङ खनेपछि घरघरमा धारा पनि जडान गरियो । केही समय त ती धारामा पनि पानी आयो । तर, अहिले ती धारा सुक्खा छन् । “ट्याङ्की नहुँदा पानी खेर जाने अवस्था भयो”, स्थानीय निमबहादुर खत्रीले भन्नुभयो, “त्यसले गर्दा पानीको सतह मोटरभन्दा मुनि गयो र धारामा पानी आउन छोड्यो ।”

खानेपानी समस्या समाधानका लागि सबै तहका सरकारलाई गुहार गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । चुनावका बेला पानीको माग पूरा गर्ने आश्वासन आए पनि त्यो समाधानका लागि पहल भएको छैन । रासस