१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति सीको नेपाल भ्रमणको मिति तय, काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिदै



अ+ अ-

काठमाडौँ । चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार सीको राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात् आगामी शनिवार र आइतबारका लागि तय गरिएको छ।

राष्ट्रपति विद्या देवी भण्डारीको निमन्त्रणामा सी दुई दिने नेपाल भ्रमणका लागि नेपाल आउन लागेका हुन् । मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राजधानी काठमाडौंमा भ्रमणको तयारी तीव्र बनाइएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ।

चिनियाँ राष्ट्रपतिलेको २३ वर्षपछि नेपाल भ्रमण गर्ने भएका छन् । यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए ।