२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई



अ+ अ-

पाल्पा। कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर शाक्यलाई प्रदान गरिएको छ।

जिल्लास्थित शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालद्वारा कमलराज रेग्मीका नाममा स्थापित उक्त पुरस्कारबाट शाक्यलाई प्रदान गरिएको हो ।

उहाँलाई रु ५१ हजार नगद, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ । प्रतिष्ठानका संरक्षक वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले सो पुरस्कार स्थापना गर्नुभएको हो ।

उक्त पुरस्कारबाट हालसम्म साहित्यकार झपेन्द्र जिसी, वैधराज विश्वमान बज्राचार्य, समाजसेवी राधा भारती, कलाकार अशोक आर्ट, शिक्षाविद् बुद्धिप्रसाद शर्मा, युनाइटेड मिसन अस्पतालका प्रमुख डा रचेल कारख र साहित्यकार मोहन दुवाललाई पुरस्कृत गरिसकिएको प्रतिष्ठानका अध्यक्ष पुस्करराज रेग्मीले बताउनुभयो ।

पाल्पाको इतिहासमा शिक्षा साहित्य र राजनीतिको क्षेत्रमा स्वर्गीय कमलराज रेग्मीको योगदान अमूल्य रहेको अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ २००७ सालका क्रान्तिका कमान्डर हुनुहुन्थ्यो । उहाँका नाममा यहाँ पुरस्कार राशी स्थापना हुनु पाल्पाका लागि गौरवको विषय हो ।” रासस