१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित तीन युवक पक्राउ



अ+ अ-

लहान । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन् ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा तीनै जनाका साथबाट नाइट्रोभेट ट्याब्लेट ३०० चक्की बरामद भएको प्रहरीले जनाएको छ ।