२३ भाद्र २०८३, मंगलवार
,
Latest
देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित तीन युवक पक्राउ



अ+ अ-

लहान । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन् ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा तीनै जनाका साथबाट नाइट्रोभेट ट्याब्लेट ३०० चक्की बरामद भएको प्रहरीले जनाएको छ ।