१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’

‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’
अ अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ ।

धनगढीमा आज आयोजित ‘द लास्ट माइल हेल्थ समिट–२०८३’ को उद्घाटन गर्दै उहाँले जनताको आधारभूत आवश्यकताका रूपमा रहेको स्वास्थ्य सेवा सुधार र गाउँ–गाउँमा स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले आफूले सुदूरपश्चिमका पाँच वटा आधारभूत अस्पताललाई प्रादेशिक अस्पताल बनाउने नीतिअनुसार दुई वटा अस्पताललाई स्तरोन्नति गरिसकिएको र तीन अस्पताल प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

“म नेतृत्वमा आएपछि यहाँका पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने घोषणा गरेको थिए । त्यसअनुसार दुई वटा स्तरोन्नति भइसकेका छन्, बाँकी प्रक्रियामै छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कैलालीको टीकापुर, सेती र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी १०० शय्या र जिल्ला अस्पतालहरूलाई २५–५० शय्यामा स्तरोन्नति गर्ने योजना समेटिएको छ । त्यसले विशेषज्ञ सेवा विस्तारमा उल्लेख्य टेवा पुग्ने छ”, मुख्यमन्त्री शाहले भन्नुभयो ।

प्रादेशिक अस्पतालहरूमा मृगौला रोगको उपचारका लागि डायलाइसिस सेवा विस्तारको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले बिरामीको चाप र जनताको आवश्यकतालाई मध्यनजर गर्दै सूचना तथा प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने बताउनुभयो ।

कार्यक्रममा आर्थिक मामिलामन्त्री बिक्रमसिंह धामीले सीमित स्रोतसाधनका बाबजुत पनि सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तारमा काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि सरोकार भएका सबै क्षेत्रको प्रभावकारी भूमिका आवश्यक रहेको र त्यसमा सहजीकरण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले प्रदेशमा सञ्चालित डिजिटल स्वास्थ्य प्रणालीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले प्रदेशका २० वटा नगरपालिकामा स्मार्ट हेल्थ किट, प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा विद्युतीय स्वस्थ्य अभिलेख प्रणालीलगायत प्रविधिको प्रयोग र अछाम जिल्लाका क वर्षको नीति तथा कार्यक्रममा ‘स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति’ भन्ने नारासहित विशेषज्ञ चिकित्सा सेवाको पहुँच बढाउन ‘टेलिहेल्थ’ लगायत कार्यक्रम सञ्चालन गर्ने नीति रहेको जानकारी दिनुभयो । “ग्रामीण समुदायमा विशेषज्ञ चिकित्सा सेवाको पहुँच बढाउन स्वास्थ्य क्षेत्रमा डिजिटलाइजेसनको नीतिअनुसार एकीकृत ड्यासबोर्ड, इलेक्ट्रोनिक परिवार स्वास्थ्य प्रोफाईल, टेलिमेडिसिन, जिआइएस कोडिङ्गलगायपालिकाहरूमा सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।

जनस्वास्थ्य प्रशासक मलासीले आगामी आर्थित सेवाको थप विस्तार र सुदृढीकरण गर्दैछौँ”, उहाँले भन्नुभयो ।

बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका तथा स्मार्ट हेल्थ ग्लोबलको संयुक्त आयोजनामा समिट भएको हो । त्यस अवसरमा बाजुराका चार पालिकामा जनतासँग डिजिटल स्वास्थ्य सेवा प्रवाहका विषयमा छलफलसमेत गरिएको कार्यक्रमका अध्यक्ष एवं बडिमालिका नगरप्रमुख अमरबहादुर खड्काले जानकारी दिनुभयो । रासस