१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

गृहमन्त्रीको निर्देशन: महिलामाथि हिंसा गर्नेलाई निस्तेज पार्नुहोस्

गृहमन्त्रीको निर्देशन: महिलामाथि हिंसा गर्नेलाई निस्तेज पार्नुहोस्
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले महिला तथा बालिकाउपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अनपाइ त्यस्ता गतिविधिमा संलग्न तत्वलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जनताको भरोसा र विश्वास बोकेको सदस्यबाट नै कानून उल्लंघन हुनु क्षम्य नभएकाले बिना हिचकिचावट त्यस्ता व्यक्तिमाथि कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरेका हुन् ।

६४ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले भने ‘आर्थिक अनियमितता, महिला तथा बालबालिकाउपर हुने हिंसाविरुद्धको हरेक क्रियाकलापविरुद्ध शून्य सहनशीलता अपनाइ आपराधिक तत्व निस्तेज पार्न डटेर लाग्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु’,

मन्त्री थापाले आफ्नो कुशल कार्यसम्पादनमार्फत प्रहरी संगठन अन्तर्राष्ट्रियस्तरमा समेत सक्षम प्रमाणित भएको उल्लेख गर्दै जनताको सेवामा खरो उत्र्न प्रहरीलाई आग्रह गरे । प्रहरी संगठनको आलोचनाभित्र लुकेको आवश्यकतालाई मनन गर्दै निर्भिक रूपमा कर्तव्य पथमा अघि बढ्नुपर्ने मन्त्री थापाको भनाइ छ ।