२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपतिको भ्रमणको भव्य तयारी छ: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताएका छन् । चौँसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल बनाउन सबैभन्दा पहिले त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

“हामी आज यस्तो बेलामा छौँ, जति बेला एउटा शक्तिशाली देशका राष्ट्रपति नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ, भ्रमणको सफलताका लागि भव्य तयारी गरिएको छ, हामी विकासको मार्गलाई तीव्रताका साथ अगाडि बढाउने उद्देश्यका साथ विभिन्न लक्ष्यलाई ध्यानमा राखेर अगाडि बढिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भने ।

एउटा शान्तिपूर्ण र विकासको बाटामा तीव्रताका साथ अगाडि बढेर विश्वको ठूलो अर्थतन्त्र र महान्शक्ति राष्ट्र बन्न सफल चीनका राष्ट्रपति आउन लाग्नुभएकाले सुरक्षा निकायले पनि आफ्ना क्षेत्रबाट तयारी गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालबाट विदेश भ्रमणका जाँदा पनि सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहने स्मरण गरे । प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति हुँदा, सामाजिक सद्भाव खल्बलिन खोज्दा र सांस्कृतिक विचलन हुन खोज्दा पनि नेपाल प्रहरीको भूमिका उल्लेखनीय रहेको बताए ।