१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

एक कार्यालयलाई छ जिल्लाको कार्यक्षेत्र

एक कार्यालयलाई छ जिल्लाको कार्यक्षेत्र
अ अ+ अ-

दमौली । सङ्घीयताको कार्यान्वयनसँगै गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत तनहुँ जिल्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भयो तर मन्त्रालयले उक्त कार्यालयलाई तनहुँसहित कास्की, गोरखा, नवलपुर, मनाङ र लमजुङ जिल्लाको समेत क्षेत्राधिकार तोकिएको छ ।

पर्याप्त कर्मचारी नहुँदा उक्त कार्यालयले सोचेअनुरूपको काम गर्न नसकेको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो । “ठूलो कार्यक्षेत्र भएकाले तनहुँस्थित कार्यालयबाट अन्य जिल्लाका जनतालाई सेवा प्रवाहमा कठिनाइ भइरहेको छ”, उहाँले भन्नुभयो । उक्त कार्यालयका लागि १७ कर्मचारीको दरबन्दी दिइए पनि दुई कर्मचारीको अझै पदपूर्ति भएको छैन ।

कतिपय जिल्ला दुर्गम र टाढा रहेकाले अर्को व्यवस्था नभएसम्मका लागि कम्तीमा लमजुङ, गोरखा, नवलपुर र कास्कीमा स्थलगत कार्यालय स्थापना गर्न आवश्यक रहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । “सहजरुपमा कार्य सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न सके नजीकबाटै स्थानीय जनताले सेवा प्राप्त गर्न सक्छन्”, उहाँले भन्नुभयो, “यसका लागि वन निर्देशनालय तथा प्रदेश मन्त्रालयबाट पहल हुन आवश्यक छ ।”

गुणस्तरीयताका लागि कार्यालयमा उपलब्ध तथा नपुग जनशक्ति करारमा लिएर र स्थानीय तहसँग समन्वय गरेर दु्रतगतिमा काम गरिनाका साथै सम्पन्न भएका योजनामा पटक–पटक अनुगमन गरिनाका साथै आवश्यक निर्देशन दिने गरिएको कार्यालय प्रमुख पौडेलको भनाइ थियो । ती जिल्लाका कतिपय स्थल भूकम्पबाट प्रभावित भएकाले भूक्षय, बाढी एवं पहिरोको दृष्टिले कतिपय कार्यक्षेत्र अत्यन्त संवेदनशील रहेको र प्रकोपको चाप धेरै बढेकाले सर्वसाधारणको माग पूरा गर्न कठिन भइरहेको छ”, उहाँले भन्नुभयो ।

उक्त कार्यालयलाई गत आर्थिक वर्षमा प्रदेश र सङ्घीय सरकारबाट रु १४ करोड ४७ लाख प्राप्त भएकामा उक्त बजेटमध्ये विभिन्न कार्यक्रमका लागि रु १३ करोड ८० लाख खर्च भइसकेको र सो अवधिमा एकीकृत फेवाताल तथा भवन निर्माण, पदमार्ग, डिपीआर, नियमित भूसंरक्षण, ग्रामीण सडकमा हरितपेटी निर्माण तथा एकीकृत भूसंरक्षण, आकस्मिक पहिरो नियन्त्रण, भूसंरक्षण प्रदर्शनीस्थललगायत काम गरिएको जनाइएको छ ।