१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीको ६९औं अन्तर्राष्ट्रिय शतक



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा २६ औं शतक प्रहार गरेका छन् । दक्षिण अफ्रिकाविरुद्ध शुक्रवार जारी खेलमा कोहलीले करिअरको २६ औं शतक पूरा गरेका हुन् ।

भारत र दक्षिण अफ्रिकाबीच तीन टेस्ट सिरिजको दोस्रो खेल पुणेको एमसीए स्टेडियममा जारी छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टीमले ३ विकेट गुमाएर ३४७ रन बनाएको छ । कप्तान कोहलीले १०१ तथा अजिंक्य रहाणे ५२ रनका साथ क्रिजमा छन् ।

यसअघि मयंक अग्रवालले १९५ बलमा १०८ रन बनाएका थिए । त्यस्तै चेतेश्वर पुजाराले ५८ रन बनाए ।