१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीको टोलीद्दारा २४ किसिमका पटाका बरामद



अ+ अ-

सप्तरी । सशस्त्र प्रहरीको टोलीले सप्तरीको बोदे बर्साइन नगरपालिकाबाट रु एक लाख बढी मूल्यको पटाका बरामद गरेको छ ।

बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टी बोर्डर इलाकाबाट अवैधरुपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न २४ किसिमका पटाका बरामद गरेको जनाएको छ ।

बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पुर्याएर स्थानीयवासीको रोहबरमा आज खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिनुभयो । तिहार तथा छठ पर्व नजिकिएसँगै भारतीय बजारबाट पटाकालगायतका सामान सीमावर्ती इलाका हुँदै ठूलो परिमाणमा चोरी तस्करी गर्ने क्रम बढेको छ ।