१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री अलीलाई २०१९ को नोबेल शान्ति पुरस्कार



अ+ अ-

काठमाडों । इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ।

शान्ति स्थापना र इरिट्रियासँगको वर्षौंदेखिको सीमा विवाद सुल्झाउन गरेको प्रयासको कदर गर्दै उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्न लागिएको नर्वेजियन नोबेल कमिटीले जनाएको छ ।

सन् २०१८ अप्रिल २ मा ४३ वर्षे अली इथियोपियाका प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।