१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीको भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा



अ+ अ-

काठमाडौं । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र निकाय, शिक्षण संस्था एवं विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले राससलाई जानकारी दिनुभयो ।