१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन

विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन
अ अ+ अ-

काठमाडौँ। पशुसेवा विभागले कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै सङ्ख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरून्त नजिकैको पशु सेवाका निकायमा जानकारी गराउन अनुरोध गरेको छ ।

विभागले बर्डफ्लुका भाइरसले स्वरुप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणमा लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभागका महानिर्देशक उमेश दाहालले फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउन तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनपर्ने भएमा पूर्ण निःसङ्क्रमण गरेर मात्र भित्र्याउन व्यवसायीलाई अनुरोध गर्नुभयो ।

कागलगायतका जङ्गली पन्छीसँग घरपालुवा पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर पन्छीपालन गर्न सर्वसाधारणलाई सुझाव दिएको विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर गर्न÷गराउन निर्देशन दिएको छ ।

विभागले बर्डफ्लु सङ्क्रमण भएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब सात लाख पन्छी, करिब ११ लाख अण्डा र करिब तीन लाख किलो दाना नष्ट गरेको जनाएको छ ।

रोगलाई तत्काल नियन्त्रणका लागि विभागका उपमहानिर्देशक नेतृत्वमा रहने गरी बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखापरेको क्षेत्रमा सङ्घ, प्रदेश तथा स्थानीय तहको समन्वय र सहकार्यमा आवश्यक जनशक्ति परिचालन गरी नियन्त्रण कार्य भइरहेको महानिर्देशक दाहालले जानकारी दिनुभयो । रासस