१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई

सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई
अ अ+ अ-

सुदूरपश्चिम। ‘सातौँ एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड’ अन्तर्गत पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीकी मानमती विष्टलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा दुवै जनालाई यस वर्षको उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको हो ।

उहाँहरूले ट्राफिसहित जनही रु ३५ हजार प्राप्त गर्नुभएको छ । पुरुषतर्फ भारोत्तोलनका अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका हेमन्त धामी, महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी र फुटबलकी मीना देउवा मनोनयनमा पर्नुभएको थियो ।

‘वर्ष प्रशिक्षक’मा कबड्डीका विष्णुदत्त भट्ट, ‘वर्ष युवा खेलाडी’मा एथलेटिक्सका विक्रम नाथ, ‘सुदूरपश्चिम आइकन’ पुरुषतर्फ भारोत्तोलनका भण्डारी र महिलातर्फ एथलेटिक्सका पूजा साउद पर्नुभएको छ ।

भट्टलाई रु ३० हजार, नाथलाई रु २५ हजार, भण्डारी र साउदलाई जनही रु २० हजारसहित पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिनुभयो ।

यसैगरी क्रिकेटका शेर मल्ललाई ‘स्पेशल अवार्ड’ र सुरेश हमाललाई लाइफटाइम एचिभमेन्ट अवार्ड (मरणोपरान्त) अवार्डसहित जनही रु २० हजार पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो ।

अवार्डको मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेका छन् । कार्यक्रममा परिषद्का सदस्य सचिव लोकबहादुर खड्का, एसपीएका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीलगायतले सम्बोधन गर्नुभएको थियो । रासस