१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगोमा कार्गो विमान बेपत्ता



अ+ अ-

किन्सासा । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा कार्गो विमान बेपत्ता भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानमा आठ व्यक्ति पनि सवार थिए ।

कंगोको पूर्वी शहर गोमाबाट बिहीबार उडेको उक्त विमानको ५९ मिनेटपछि एयर ट्राफिकसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो । विमानमा कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीका लागि आवश्यक सरसामान थियो ।

प्राधिकरणले विमानको खोजी कार्य जारी रहेको जनाएको छ ।