१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण



अ+ अ-

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।