३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद दुर्गा गुरुङले विद्युत व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।

सांसद गुरुङले उत्पादित विद्युत समेत प्रशारण लाइन र भण्डारणको उचित व्यवस्था नहुँदा उपयोग हुन नसकेकाले सरकारले यसको आवश्यक प्रवन्ध गरी उर्जा व्यापारको विषयमा आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले समयमा नै जलविद्युत आयोजनहरु सम्पन्न गर्न पनि सरकारलाई दवाव दिनुभयो ।

सांसद गुरुङले भन्नुभयो,‘आज पनि धेरै जलविद्युत आयोजनाहरु समयमा नै सम्पन्न हुन सकेका छैनन । कतै प्रशारण लाईन निर्माणमा ढिलाई छ । कतै जग्गा अधिग्रहणको समस्या छ । कतै वातावरणीय प्रभाव मूल्यांकनको विषय अडकिएको छ । परिणाम स्वरुप उत्पादन भएको विद्युत समेत पूर्ण रुपमा उपयोग हुन सकेको छैन । यो केवल प्रशासनिक कमजोरी होइन । राष्ट्रिय स्रोतको उपयोगमा भएको गम्भिर कमजोरी पनि हो । ऊर्जा व्यापारमा सरकारले उचित कदम चाल्नुपर्दछ ।’

सांसद गुरुङले विद्युतको खपत क्षमता बढाउनका लागि पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।