१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’

ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’
अ अ+ अ-

काठमाडाैँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र ‘हास्यास्पद’ भएको टिप्पणी गर्दै यसलाई यथावत् कायम राख्न नसकिने बताउनुभएको छ ।

टर्कीको राजधानी अङ्कारामा जुलाई ७–८ मा हुने नाटो शिखर सम्मेलनअघि उहाँको यो अभिव्यक्तिलाई गठबन्धनभित्रको बढ्दो मतभेदका रूपमा हेरिएको छ । ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सामाजिक सञ्जालमार्फत नाटोसँग अमेरिकाको सम्बन्ध पारस्परिक नभएको दाबी गर्दै ‘उनीहरू हाम्रो पक्षमा उभिएका थिएनन्’ भन्ने टिप्पणी गर्नुभयो ।

उहाँले अमेरिकाले गठबन्धनमा अन्य सदस्य राष्ट्रहरूको तुलनामा अत्यधिक आर्थिक तथा सैनिक दायित्व वहन गरिरहेको उल्लेख गर्दै रक्षा खर्चसम्बन्धी तथ्याङ्कसमेत सार्वजनिक गर्नुभएको थियो । विशेषगरी इरानसँगको युद्धका क्रममा धेरै युरोपेली मुलुकहरूले अमेरिकी सेनालाई आफ्ना सैन्य आधार प्रयोग गर्न नदिएको विषयमा ट्रम्पले बारम्बार असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ ।

उहाँले युरोपेली राष्ट्रहरूले आफ्नै सुरक्षाको जिम्मेवारी बढी वहन गर्नुपर्ने धारणा दोहोर्‍याउँदै अमेरिकाले आफ्ना सुरक्षा प्रतिबद्धता क्रमशः घटाउने सङ्केत पनि दिनुभयो । ट्रम्पको निरन्तर दबाबपछि गत वर्ष नाटो सदस्य राष्ट्रहरूले सन् २०३५ भित्र रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म पुर्‍याउने सहमति गरेका थिए ।

सन् १९४९ मा स्थापना भएको नाटोलाई अमेरिकाको नेतृत्वमा रहेको प्रमुख रक्षा गठबन्धनका रूपमा लिइन्छ । युरोपमा स्थिरता कायम राख्न, तत्कालीन सोभियत सङ्घको प्रभाव नियन्त्रण गर्न तथा अमेरिकाको विश्वव्यापी रणनीतिक प्रभाव विस्तार गर्न यस गठबन्धनले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।