१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलोको कारण क्यालिफोर्निया दशौ हजार व्यक्ति विस्थापित



अ+ अ-

काठमाडौं । दक्षिणी क्यालिफोर्नियामा लागेको डढेलोको कारण शुक्रवार १० लाख व्यक्ति विस्थापित भएका छन् ।

दर्जनौं संरचना र घरहरू ध्वस्त पारेको यस डढेलो निभाउन केही दिन लाग्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ । शुक्रबार साँझसम्म शक्तिशाली यस डढेलोबाट ३ हजार ५२ हेक्टर क्षेत्रसम्म फैलिएको बताइएको छ । यस डढेलोबाट कम्तीमा ३१ संरचनाहरु ध्वस्त भएको बताइएको छ ।

यस आगलागीमा ५० बर्षीय एक व्यक्तिको हृदयघातबाट मृत्यु् भएको आगलागी नियन्त्रणका एक अधिकारीले जानकारी दिएका छन् । यस डढेलोबाट कोही व्यक्ति घाइते भएका तत्काल समाचार प्राप्त भएको छैन् । तर अधिकारीहरूले त्यस क्षेत्रका घरहरू खाली गर्ने आदेश दिएका छन् ।