१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति सी चेन्नाइबाट काठमाडौं प्रस्थान



अ+ अ-

काठमाडौं । भारतको चेन्नाईबाट चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँका लागि प्रस्थान गरेका छन् ।

भारतको चेन्नइस्थित महाबलिपुरममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफलपछि केहिबेरअघि सी विशेष विमानबाट काठमाण्डौको लागि उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी अपराह्न साढे ४ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा सीलाई स्वागत गर्ने कार्यक्रम छ । उनलाई विमानस्थलमै गार्ड अफ अनर दिइने छ । त्यसपछि सी सोझै सोल्टी होटल प्रस्थान गर्नेछन् ।