१२ असार २०८३, शुक्रबार
,
Latest
प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको दैनिकी नागरिकता देखी चिनियाँ राजदूत र प्रकाण्ड संग छुट्टाछुट्टै छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाउने विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री खाँणले यही फागुन २३ र २५ गते मन्त्रालयमा प्रतिनिधिसभा सदस्यहरुसँग भएको छलफलबारे जानकारी गराउनुभएको थियो । छलफलमा उहाँहरुले राजनीतिक दलका नेताहरूले राखेका धारणाबारे प्रधानमन्त्री देउवालाई ‘ब्रिफिङ’ गर्नुभएको थियो । उक्त छलफलमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको प्रतिवेदन र विधेयकलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी भएको जनाइएको छ । 

नागरिकता विधेयक नहुँदा नागरिकता वितरणमा समस्या देखिएको भन्दै सरकारले राजनीतिक दलबीचको सहमतिमा उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ । 

गृहमन्त्रीसँग चिनियाँ राजदूतको भेट 

गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो । भेटमा चिनियाँ उच्चपदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । 
    
गृहमन्त्रीसँग विश्वकर्माको भेट

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका  प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच आज भेटवार्ता भएको छ ।   गृह मन्त्रालयमा भएको भेटमा नेपाल सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनबारे छलफल भएको थियो । छलफलमा नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमतिबमोजिम रिहाइ गर्न आग्रह गर्नुभयो । 

गृहमन्त्री खाँणले प्रक्रिया पु¥याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाइ गर्न पहल गर्ने आश्वासन दिनुभएको छ । गृहमन्त्रीको सचिवालयका अनुसार आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भएको छ । 

छलफलमा नेपाल सरकारकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पार्टीका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ । रासस