१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीको नेपाल भ्रमण : राजधानीको सुरक्षा व्यवस्था कडा



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा ओर्लिँदैछन्। राष्ट्रपति सी शनिबार (आज) भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौँका लागी उडिसकेका छन्।

राष्ट्रपति सीको आगमनलाई मध्यनजर गर्दै राजधानीमा सुरक्षा निकायले आफ्नो तयारी तीब्र बनाएका छन् । प्रहरीले विभिन्न नाकामा जाँच गरिरहेको छ भने सेनाले गस्ती बढाएको छ। सडक वरपर बाक्लो रुपमा सुरक्षाकर्मी खटाइएको देख्न सकिन्छ।

राष्ट्रपति सीको सुरक्षाको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुुसन्धान विभागका कर्मचारी तैनाथ रहेका छन् ।