१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
अ अ+ अ-

म्याग्दी। मालिका गाउँपालिकाका एक हजार ३०० भन्दा बढी घरधुरीमा निजी धारा जडान गरेर खानेपानी सुविधा विस्तार गरिएको छ ।

मालिकाको १, २, ३ र ७ नम्बर वडामा पर्ने निस्कोट, रुम, डाडागाउँ र बिम डाडागाउँका एक हजार ३३० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक÷प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमा ‘एक घर, एक धारा’ मार्फत खानेपानी सुविधा विस्तार भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो ।

“सङ्घीय र प्रदेश सरकार तथा विभिन्न परियोजनामार्फत यसअघि खानेपानी योजना निर्माण भएको ४, ५ र ६ सहित सबै वडाका छुटेकाका घरपरिवार पहिचान गरेर खानेपानी सुविधा विस्तारको तयारीमा छौँ”, उहाँले भन्नुभयो, “छुटेकाहरूलाई आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गरी शतप्रतिशत घरमा स्वच्छ र सफा खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य छ ।”

सातवटा वडा रहेको मालिका गाउँपालिकामा चार हजार ५९० घरपरिवारमा १८ हजार ३३२ जनसङ्ख्याको बसोबास छ । पानीको मितव्ययी, व्यवस्थित र दिगो प्रयोगका लागि प्रत्येक धारामा मिटर जडान भएको छ । धाराको छेउमा भाँडा सुकाउने चाङ निर्माण छ । मालिका गाउँपालिका–२ मा ७४९ घरपरिवारमा खानेपानी सुविधा विस्तार भएको वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो ।

“विसं २०८२ मा निर्माण भएको खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत ३३८ घरपरिवारमा खानेपानी विस्तार भएको छ”, उहाँले भन्नुभयो, “आव २०८०÷८१ मा ठूलोरुमका २७३, कलात भनारीमा ७४ र विल्वाङमा ६४ घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको थियो ।”

वडा नं १ निस्कोटमा १२५ र वडा नं ३ को डाडाँगाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङका २२५ घरपरिवार, पात्लेका १२२ र लुुम्पीपारका ५३ घरपरिवार लाभान्वित भएका छन् । वडा नं ७ को डाडाँगाउँमा ५६ घरमा एक घर, एक धारामार्फत खानेपानी सुविधा विस्तार भएको छ । घरमै खानेपानी सुविधा भएपछि समयको बचत, सार्वजनिक धारामा पालो पर्खनुपर्ने र कुवाखोल्साको दूषित पानी प्रयोग गर्नुपर्ने समस्याको अन्त्य भएको मालिका–२ रुमकी विपना पटेलले बताउनुभयो । रासस