• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आइपुगे



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नाईबाट विशेष विमानमार्फत सी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा कम्तीमा २० घण्टा बिताउने छन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा सी नेपाल आएका हुन् । यसअघि चिनियाँ राष्ट्रपति जियान जेमिनले सन् १९९६ मा नेपालको भ्रमण गरेका थिए । त्यसको २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको रुपमा सी नेपाल आएका हुन् ।