१० भाद्र २०८३, बुधबार
,
Latest
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक विपद्मा परी ४६२ जनाको मृत्यु



फाइल तस्वीर
अ+ अ-

झापा। नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपद्जन्य घटनामा परी ठूलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि असार १७ गतेसम्म प्राकृति विपद्मा परी ४६२ जनाले ज्यान गुमाएका छन् ।

तीमध्ये सबैभन्दा बढी आगलागीको घटनामा परी १०४ जनाको ज्यान गएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । उहाँले प्राधिकरणमा देशभरबाट कुल सात हजार ९८९ वटा विपद्का घटना दर्ता भएका  बताउनुभयो । ती घटनामा १८ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

प्राकृतिक विपद्का कारण दुई हजार १७८ जना घाइते भएका छन् भने १२ हजार ९८४ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् । पहिरोका घटनामा परी ७३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बाढीका २८९ घटनामा ३२ जनाको ज्यान गएको छ भने सात जना बेपत्ता भएका छन् ।

यसैगरी ४०१ वटा चट्याङका घटनामा ३७ जनाको मृत्यु भएको छ भने २४४ जना घाइते भएका प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँका अनुसार सर्पदंशका कारण ७०, जनावर आतङ्कबाट ५९ र लेक लागेर ५१ जनाको ज्यान गएको छ ।

प्रवक्ता महतले हावाहुरीका कारण १८, भारी वर्षाका कारण नौ, हिउँपहिरोमा परी सात र डुङ्गा पल्टिँदा दुई जनाको ज्यान गुमाएको जानकारी दिनुभयो ।

यस अवधिमा भएका विभिन्न विपद्का घटनाबाट देशमा कुल रु दुई अर्ब छ करोड ४७ लाख ७३ हजार १२८ बराबरको अनुमानित आर्थिक क्षति भएको छ ।  रासस