९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

सिआइबीको कारण प्रहरी प्रशासनलाई असर

सिआइबीको कारण प्रहरी प्रशासनलाई असर
अ अ+ अ-

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) ले गरेका केही कामका कारण प्रहरी प्रशासन बदनाम भएको छ ।

सीआइवीले गरेका कतिपय गलत कामका कारण त्यसको प्रतक्ष्य असर प्रहरीको मुख्य कार्यालयलाइ परेको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शान्ति सुरक्षा कायम गर्न सक्रियता देखाएर प्रहरीलाई २४ सै घण्टा तैनाथ राखेका छन् ।

तर सीआइबीले कतिपय अवस्थामा पूरा तयारी नै नगरी विभिन्न व्यक्तिलाई पक्राउ गर्ने र केही दिनमा छोडिदिने गरेकाले त्यसको प्रतक्ष्य असर प्रहरी प्रशसनमा परेको छ । सीआइबीले विभिन्न अभियोग र मुद्या लगाएर व्यक्तिलाई पक्राउ गर्ने र अन्तिममा प्रमाण नपुगेकाले छोड्ने गरेकाले प्रहरी प्रशासन नै बदनाम भएको छ ।

दान बहादुर कार्की कात्तिक २४ गते नेपालको ३३ औं आइजीपी नियुक्त भएका हुन् । तत्कालीन सुशीला कार्कीको नेतृत्वको सरकारले उनलाई आइजीपीमा नियुक्त गरेपछि उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै आएका छन् ।

कठिनाइका बीच पनि गत फाल्गुण २१ गतेको प्रतिनिधिसभाको निर्वाचन धाँधलीरहित ढंगले गरेपछि आइजीपी कार्कीको चर्चा झन् चुलिएको हो । निर्वाचन गराउन सरकारले देखाएको सक्रियतामा प्रहरी प्रशासनले पनि साथ दिएको थियो ।

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसँगै प्रहरीका आइजीपी कार्कीको अथक मिहनेतले निर्वाचन सम्पन्न भएको हो । पहिले हुने गरेका निर्वाचनमा कतिपय उम्मेदवारले धाँधलीको आरोप लगाउने गरेका थिए, कतै बुथ क्याप्चरको पनि कुरा आउँथ्यो भनें यसपालि न त यस्तो आरोप लाग्यो न त कतै दो-याएर निर्वाचन नै गर्नुप-यो । निर्वाचनलाई सम्पन्न गर्न निर्वाचन आयोगका साथै सशस्त्र प्रहरीको र आर्मीको पनि उत्तिकै भूमिका रहेको थियो ।

प्रमुख राजनीतिक दलहरु नै निर्वाचनको पक्षमा नरहेका बेला असहज अवस्था पनि निर्वाचनको वातावरण तयार पार्नुमा प्रहरीको मुख्य योगदान रहेको छ ।

सीआइवीले बिनाप्रमाण विभिन्न व्यक्तिलाई पक्राउ गर्ने र छोड्ने गरेपछि अदालतले पनि बोलेको छ । अदालतले प्रमाण पु-याएरमात्र पक्राउ गर्न पनि सीआइबीलाई आग्रह गरेको छ।
सीआइबीमा रहेका कसैको भित्री मनासयका कारण पनि प्रहरीलाई बदनाम गर्न खोजिएको हो कि भन्ने पनि अनुमान लगाउन थालिएको छ ।

अपराध अनुसन्धान क्षेत्रका कमीकमजोरी र चुनौतीहरुको समाधान र बैज्ञानिक ढंगले व्यवस्थापन गर्न गराउन, परिवर्तित परिवेशअनुरुप नेपाल प्रहरीको ब्यवसायिक दक्षताको विकास र उर्जाको प्रयोग गर्न, अपराध र अपराधिक प्रवृित्तलाई निरुत्साहित र नियन्त्रण गर्न भइरहेका प्रयासलाई संगठित र एकीकृत गर्न सीआइवीको स्थापना भएको भनेर सीआइवीले आफ्नो पेजमा जनाएको छ ।