११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित



अ+ अ-

काठमाडौं ।  संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि आज बसेको प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित भएको छ।

संसद् सचिवालयका अनुसार इन्टरनेटमा आएको प्राविधिक समस्याका कारण बैठकको प्रत्यक्ष प्रसारण युट्युबमार्फत गर्न सकिएको छैन। प्राविधिक टोलीले सेवा पुनः सञ्चालनका लागि आवश्यक काम गरिरहेको जनाएको छ।

प्रतिनिधिसभाको बैठक चार दिनपछि आज बसेको हो। यसअघि बैठक असार १४ गते बसेको थियो। त्यसअघि भने असार ५ गते मात्र प्रतिनिधिसभाको बैठक बसेको थियो।

इन्टरनेट सेवा अवरुद्ध हुँदा बैठकको प्रत्यक्ष प्रसारण हेर्न चाहने सर्वसाधारणसमेत प्रभावित भएका छन्।