१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोकमा राजविराज नगरपालिका बन्द



अ+ अ-

राजविराज । राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव (शिवु(को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै वडासदस्य यादवको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ ।

वडासदस्य यादवको निधनप्रति शोक जनाउन आज राजविराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय एक दिनका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका प्रमुख यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजविराज नगरपालिका–१२ का वडासदस्य ६५ वर्षीय यादव (शिवु) को शुक्रबार निधन भएको थियो । यादव लामो समयदेखि बिरामी थिए । स्थानीय निकायको निर्वाचनमा राजपा नेपालबाट उहाँ वडासदस्य पदमा निर्वाचित भएका थिए ।