२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसान बन्दै हुलाक कार्यालय



अ+ अ-

तुलसीपुर । कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो । सूचना आदान–प्रदान गर्नका लागि फोन र इन्टरनेटको प्रयोग गर्ने गरिन्छ । गाउँ–गाउँमा इन्टरनेट र फोनको पहुँच भएपछि चिठीपत्रको प्रयोग निकै कम हुने गरेको छ । चिठी–पत्रको प्रयोग घटेसँगै हुलाकको अकर्षणसमेत घट्दै गएको छ ।

हुलाकबाट सूचना गर्नुपरे महीनौँ दिन लाग्ने भएकाले पनि मोबाइल र इन्टरनेट नै बढी प्रयोग हुने गरेको हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले बताए । पहिलेको तुलनामा चिठीपत्र कम आउन थालेको उनको भनाइ छ । व्यक्ति तथा सङ्घ संस्थाले इमेल, इन्टरनेट, फ्याक्सलगायत प्रविधिको प्रयोग गर्ने गरेकाले हुलाक कार्यालयमा चिठीपत्र कम आउन थालेका हुन् । अहिले हुलाकमार्फत व्यक्तिगत चिठी एकदमै कम आउने गरेको छ । छिटफुट रुपमा संस्थागत चिठी आउने गरेको उनको भनाइ छ ।

हुलाक कार्यालय दाङबाट दैनिक १५० को हाराहारीमा चिठीपत्र आउने तथा जाने गरेका छन् । हाल हुलाक कार्यालय दाङले चिठीपत्र दर्ता, टिकट बिक्री, हुलाक, बैंक सेवा, धनादेश सेवा, ५०० वाट क्षमताका एफएम रेडियो नवीकरण, रोयल्टी, केवल टेलिभिजन नेटवर्कको नवीकरण, तथा रोयल्टी बुझ्ने, सूचना हक कार्यान्वयन गर्ने गराउने, जिल्लाका सबै सार्वजनिक निकायमा सूचना अधिकारी तोक्न लगाउने, नागरिक बडापत्र राख्न लगाउने तथा त्यसको अनुगमन गर्ने कार्य गर्दै आएको उाले बताए ।

हुलाकबाट ४५ लाखको टिकट बिक्री हुलाक कार्यालय दाङले गएको आर्थिक वर्ष २०७५/०७६ मा रु ६० लाख १३ हजार ३०० राजश्व सङ्कलन गर्न सफल भएको छ । जसमा रु ४५ लाखको टिकट बिक्री गर्न सफल भएको जिल्ला हुलाक कार्यालय दाङका कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।




भर्खरै