२३ भाद्र २०८३, मंगलवार
,
Latest
एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनशक्ति नहुँदा शव परीक्षण गृह प्रयोगविहीन



अ+ अ-

सोेलुखुम्बु । जनशक्ति नहुँदा सोताङमा निर्माण भएको शव परीक्षण गृह प्रयोगविहीन बनेको छ । सोताङ गाउँपालिकाको स्वास्थ्यचौकीमा निर्माण भएको परीक्षण गृह दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको हो । प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को पूर्वाधार निर्माणअन्तर्गतको रु पाँच लाखबाट उक्त गृह निर्माण गरिएको थियो । परीक्षणको लागि आवश्यक सम्पूर्ण उपकरण भए पनि कर्मचारी नभएको गाउँपालिका स्वास्थ्य संयोजक श्री ध्वज राईले बताए ।

डाक्टरले तालीम लिएपछि मात्र परीक्षण गर्न पाउने भएकाले अहिले सेवा दिन नसकिएको राईको भनाइ छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा एमबीबीएस डाक्टरको दरबन्दी भए पनि मेडिकोलिगल तालीम नलिएको स्वास्थ्य संयोजक राईको भनाइ छ । तालीम नलिएका डक्टरले पनि परीक्षण गर्न सक्ने भए पनि कानूनी जटिलताका कारण सेवा प्रदान नगरिएको बताइएको छ । कुनै पनि अप्रिय घटनापछि शव परीक्षण गर्नुपरेमा जिल्लाको एक मात्र फाप्लु अस्पताल ल्याउनुपर्ने बाध्यता छ ।

कोशी पारीको दुई गाउँपालिकाले सेवा लिने गरी सोताङमा निर्माण भएको परीक्षण गृह प्रयोग नहुँदा त्यस क्षेत्रका नागरिकको समस्या जस्ताको तस्तै रहेको स्थानीय ठेरबहादुर कार्कीले बताए । त्यस क्षेत्रमा सडक पहुँच पुगेको भए पनि निरन्तर सञ्चालन नहुँदा परीक्षण गर्नुपर्ने शव बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

गाडी चलेको बेलामा पनि शबबहान नहुँदा महँगो भाडा तिर्नुपर्ने गुदेलका युमन खालिङले बताए । जीपले २२ किलोमिटर सडकमा मात्रै शव बोक्नको लागि रु ३५ हजारसम्म लिने गर्छन् तर सोताङ क्षेत्र पुग्नको लागि सदरमुकामदेखि करीब ६० किलोमिटर भन्दा बढी छ ।




भर्खरै