९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

भक्तपुर नगरपालिकामा १७८ सम्पदा पुनर्निर्माण

भक्तपुर नगरपालिकामा १७८ सम्पदा पुनर्निर्माण
अ अ+ अ-

भक्तपुर। राष्ट्रिय कला सङ्ग्रहालयको ६६औँ स्थापना दिवसका अवसरमा ‘सङ्ग्रहालय सुरक्षा तथा व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ ।

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले उद्घाटन कार्यक्रममा २०७२ सालको भूकम्पले भक्तपुरका सम्पदामा ठूलो क्षति पु¥याए पनि भक्तपुर नगरपालिकाले पुनःनिर्माण कार्यलाई तीव्रता दिँदै आएको बताउनुभयो ।

उहाँले भक्तपुर नगरपालिकामा हालसम्म १७८ सम्पदाको मौलिकता कायम राख्दै पुनर्निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय कला सङ्ग्रहालय ऐतिहासिक सङ्ग्रहालयको रूपमा रहेको र यसको अवलोकन गर्न स्वदेशी तथा विदेशीका आगमन तथा आकर्षण उत्तिकै बढिरहेको उल्लेख गर्दै नगरप्रमुख प्रजापतिले यसको संरक्षणका लागि नगरपालिका लागिरहको बताउनुभयो ।

सम्पदा संरक्षणको मुख्य उद्देश्य नयाँ पुस्तालाई आफ्नो इतिहास, कला र संस्कृतिसँग परिचित गराउनुका साथै विदेशी पर्यटकलाई जानकारी गराउनुरहेको उहाँले बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखी काम गर्दै आएको बताउँदै ५५ झ्याले दरबारको पुनर्निर्माणका क्रममा भित्तेचित्रलाई सुरक्षित राख्दै पुनःस्थापना गरिएको जानकारी दिनुभयो ।

नगरप्रमुख प्रजापतिले भक्तपुरलाई सम्पदाले भरिपूर्ण ऐतिहासिक नगरका रूपमा संरक्षण गर्ने लक्ष्यअनुसार नगरभित्र रहेका सबै संरचनालाई मौलिक शैलीमै पुनर्निर्माण गर्ने नीति अवलम्बन गरिएको बताउनुभयो ।

यस क्रममा ९९ चोक संरक्षण र पुनर्जीवित गर्ने कार्य थालिएको बताउनुभयो । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले यहाँको सम्पदा र वास्तुकला मानव सभ्यताको उत्कृष्ट नमुना भएको बताउँदै यसको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भक्तपुर आफैँमा ऐतिहासिक तथा विश्वसम्पदा सूचीमा सूचीकृत नगर भएकाले यहाँको मौलिक संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय कला सङ्ग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानले सङ्ग्रहालय स्थापना भएको इतिहासबारे जानकारी दिँदै पुरातात्त्विक महत्वका सामग्री सङ्कलन, संरक्षण र प्रदर्शनलाई निरन्तरता दिइएको बताउनुभयो ।

उहाँले सङ्ग्रहालयमा चित्रकला, धातुकला, काष्ठकला, प्रस्तरकलालगायत करिब दुई हजार १०० पुरातात्विक वस्तु सङ्ग्रहमा रहेको बताउनुभयो ।

इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर खुला आकाशमुनि रहेको एउटा खुला सङ्ग्रहालयभएको चर्चा गर्दै कला सङ्ग्रहालयले शिलालेख तथा पुरातात्विक सम्पदाको संरक्षणमा अझ विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

इतिहासविद् विश्वमोहन श्रेष्ठले पुराना कला र संस्कृतिले तत्कालीन समाजको यथार्थ अवस्थाबारे जानकारी दिने भएकाले यस्ता सम्पदाको संरक्षण तथा जीवन्तता कायम राख्नु आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय कला सङ्ग्रहालयको ६६औँ स्थापना दिवसको अवसरमा सङ्ग्रहालयमा कार्यरत कर्मचारीको ज्ञान, सीप र कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिइएको थियो । रासस