६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मु काश्मिरमा सोमबारखि पोस्टपेड मोबाइल खुल्यो



अ+ अ-

श्रीनगर । जम्मु काश्मिरमा सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ ।

जम्मु काश्मिरका मुख्य सचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि काश्मिर प्रान्तका सबै १० वटा जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन हुने जानकारी दिनुभयो । सुरक्षा स्थितिको मूल्याँकन पश्चात जम्मु काश्मिरका सबै भागमा मोबाइल सेवा सुचारु गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

भारतीय संविधानबाट धारा ३७० मा रहेका प्रावधान हटाएका कारण सुरक्षा खतरा बढ्ने सम्भावना रहेको भन्दै भारत सरकारले सम्पूर्ण जम्मु काश्मिरमा गत अगस्ट ५ देखि सबै टेलिकम नेटवर्क र ल्यान्डलाइन सेवा बन्द गरेको थियो ।

यसअघि नै ल्यान्डलाइन सेवा चरणबद्ध रुपमा खुला गरिए पनि काश्मिर उपत्यकाका विभिन्न क्षेत्रमा मोबाइल उपकरणको प्रयोगमा प्रतिबन्धहरु लगाइएको थियो । कंसालले गत शनिबार जम्मु काश्मिरका सबै इलाकामा ल्यान्डलाइन फोन सेवा पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिनुभएको थियो ।

कन्सालले जम्मु काश्मिरमा हिँडडुलमा लगाइएका प्रतिबन्धहरु पनि ९९ प्रतिशत हटेको जानकारी दिनुभएको छ । जम्मु काश्मिरका गभर्नरले पर्यटकहरुका लागि जम्मु काश्मिर अक्टोबर १० देखि खुला रहने घोषणा गरेलगत्तै टेलिकममा लगाइएका प्रतिबन्धहरु पनि हटाइएका हुन् ।

स्थानीय प्रशासनले जम्मु काश्मिर भ्रमणमा आउने पर्यटकलाई आवश्यक सहयोग र स्रोत उपलब्ध गराउने जनाएको छ । परिस्थिति सामान्य भएसँगै गत अगस्ट २९ देखि नै जम्मुका डोडा, किस्टवाड, रामबन, रजौरी र पूँचमा पोस्टपेड मोबाइल सेवा शुरु भइसकेको छ ।