६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाको आक्रमणमा परी १ को मृत्यु



अ+ अ-

कावासोती । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन् । आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।

उनको शव सोही सामुदायिक वनमा आइतबार साँझ नै स्थानीयवासीले फेला पारेका थिए । स्थानीयवासी वनभित्र दाउरा र खर काट्न गएका बखत तामाङको आक्रमणमा परी मृत्यु भएको उक्त सामुदायिक वनका पूर्वअध्यक्ष बलिराम महतोले बताए । कावासोती–१३ कै ३३ वर्षीय बुद्धिमाया गुरुङलाई पनि गैँडाले आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएकी उनकोे भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।

सामुदायिक वनमा वैन पैदावार निकासी खुलाउँदा विशेष सावधानी अपनाउनुपर्नेमा त्यसो नगर्दा दुर्घटना भएको पूर्वअध्यक्ष महतोले गुनासो गरे । सीमित क्षेत्रमा सुरक्षाको प्रबन्ध गरी वन पैदावर निकाल्न अनुमति दिँदा यस्ता किसिमका दुर्घटना हुनबाट जोगिन सकिने उनले बताए ।