१६ असार २०८३, मंगलवार
,
Latest
गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ



अ+ अ-

काठमाडाैँ  । वर्षायाममा पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सडक डिभिजन भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने मुग्लिन–नारायणगढ सडक खण्ड र कालिगण्डकी करिडोरका विभिन्न स्थानमा अपरेटरसहितका भारी यान्त्रिक उपकरण तयारी अवस्थामा राखेको छ।

डिभिजनका अनुसार अत्यधिक पहिरो जाने सम्भावना रहेका स्थानमा तत्काल पहिरो पन्छाएर सवारी आवागमन सुचारु राख्ने उद्देश्यले उपकरण तैनाथ गरिएको हो। यस व्यवस्थाले आकस्मिक रूपमा सडक अवरुद्ध भए पनि छिटो प्रतिक्रिया जनाई यातायात सञ्चालनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सडक डिभिजनले मुग्लिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याक–हो लोडर तयारी अवस्थामा राखेको जनाएको छ। त्यसैगरी सडक डिभिजन भरतपुर परिसरमा एक ब्याक–हो लोडर तथा कालिगण्डकी करिडोरमा एक लोडर तैनाथ गरिएको छ।

डिभिजनले वर्षायामभर सडकको अवस्थाको निरन्तर निगरानी गर्दै आवश्यक परे थप जनशक्ति र उपकरण परिचालन गर्ने जनाएको छ। साथै, वर्षायाममा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।