१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा

भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा
अ अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै सडकमा आएर सवारी जाँचको अनुगमन गर्नुभएको छ । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया आफैँ सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलो पटक हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले बढी भाडा लिने सवारीलाई कारवाही गर्दै यात्रुको रकम फिर्ता गराइरहेको छ । बारम्बार सचेत गराउँदासमेत विभिन्न बहाना पार्दै यात्रुलाई बढी भाडा लिए पनि कतिपय यात्रु स्वयंले ढाँटेर दोषीलाई उन्मुक्ति दिने काम गरेको पाइएको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक प्रहरीको सक्रियता सन्तोषजनक छ, तर पनि स्थलगत गुनासो सुन्ने र आगामी योजना निर्माण गर्ने गरी राति नै सडकमा गयौँ, हेर्यौ धेरै कुरा बुझ्यौँ ।”

४४ जना यात्रुको भाडा फिर्ता
आइतबार ओखलढुङ्गाबाट सोलुखुम्बु भित्रिएको सवारीसाधानमा जाँच गर्दा सात यात्रुबाट रु ५० का दरले बढी लिएको पाएपछि रकम फिर्ता गराइएको प्रहरी नायब उपरीक्षक चिमोरियाले जानकारी दिनुभयो । ओखलढुङ्गा सल्लेरीका लागि रु ४५० भाडा कायम गरिएको छ ।

सोमबार पनि थुलुङ दूधकोशीको दिप्लीघाटबाट सल्लेरी आउने जीपले निर्धारण गरिएको भन्दा रु ३०० बढी भाडा लएपछि फिर्ता गराइएको प्रहरीले जनाएको छ । २९ यात्रुको जनही रु ३०० भाडा फिर्ता गरिएको ट्राफिक प्रहरी नारयणबहादुर बस्नेतले जानकारी दिनुभयो । दिप्लीघाटदेखि सल्लेरीसम्मको रु ७०० भाडा निर्धारण गरिएको भए पनि यातायात व्यवसायीले रु एक हजार लिँदै आएका छन् । यस्तै सोमबारै काठमाडौँ जाने आठ यात्रुबाट बढी लिएको भाडा फिर्ता गराएको प्रहरीले जनाएको छ । सल्लेरी–काठमाडौँ रु एक हजार ६०० भाडा निर्धारण गरिएको भए पनि दुई जनाबाट रु दुई हजार र अन्य छ जनाबाट रु एक हजार ८०० भाडा लिएको पाइएको ट्राफिक प्रहरी बस्नेतले जानकारी दिनुभयो ।

भाडा फिर्ता पाएपछि यात्रु हर्षित
बढी तिरिएको रकम फिर्ता पाएपछि यात्रु भने निकै खुशी भएका छन् । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले चेकिङ गर्दै थिए पत्रकारसमेत रहेका जुबुका डाकमान राईले भन्नुभयो, “मलाई यो कार्य देखेर अत्यन्तै खुशी लाग्यो, यस्तो चेकिङ निरन्तर भयो भने अझै राम्रो हुन्छ ।”

कुनै सवारीसाधनले बढी भाडा लिएको खण्डमा १०० नम्बरमा फोन गरेर जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ । अहिले पनि टिकट काउण्टरका कर्मचारीले गाडी अभाव तथा सिट नभएको भन्दै सल्लेरीदेखि काठमाडौं का लागि रु दुई हजारसम्म लिँदै आएका छन् । पछिल्लोपटक जिल्ला प्रशासनमा यातायात व्यवसायीसहितको बैठकले सल्लेरी–काठमाडौं रु एक हजार ६०० भाडा निर्धारण गरेको छ ।

व्यवसायीको मनोपोलीमा
सञ्चारकर्मीसमेत रहेका थुलुङ दूधकोशी गाउँपालिका जुबुका धनबल राईले मङ्गलबार काठमाडौँ जानका लागि काउण्टरमा बुझ्दा रु एक हजार ८०० भाडा भनेपछि केही विवादसम्म भएको बताउनुभयो । “हामीलाई त ठग्न खोज्नेले झनै अरुलाई त के गर्लान् ?” उहाँले प्रश्न गर्दै भन्नुभयो, “तर यहाँको प्रहरी प्रशासनको सक्रियता राम्रो रहेछ, प्रहरीलाई हाम्रो वास्तविकता भन्यौँ भने त न्याय पाइने रहेछ ।”

“मङ्गलबार बिहान काठमाडौं जाने गरी गेटवे यातायात प्रालिमा टिकट लियौँ”, यात्रु डाकमान राईले भन्नुभयो, “टिकटमा रु एक हजार ६०० लेखे, हामीले पनि निर्धारित भाडा त्यति नै दियौं, तर साँझ फोन गरेर लु नसकिने भयो त्यतिमा भन्दै थियो, हामीले हेरौला नि भनेको त बिहान त छाडेर पो गएछ ।”

यातायात व्यवसायीको लापरवाही थाहा पाएपछि ट्राफिक प्रहरीले जिल्लाको नाका पत्तालेमा उक्त यातायातको सम्पूर्ण जीपलाई रोकेको थियो । काउण्टरका कर्मचारीलाई दुई जना टिकट लिएका यात्रु काठमाडौं पठाउने व्यवस्था नभएसम्म जीप नछाड्ने प्रहरीको निर्देशनपछि तत्काल अर्को गाडीको व्यवस्था भएको ट्राफिक प्रहरी प्रमुख सञ्जीव चौधरीले जानकारी दिनुभयो ।

प्रहरीकै अगाडि भाडा बुझाउनुपर्ने
टिकट नदिने र प्रहरीको चेकिङ सकिएपछि मात्रै भाडा लिन थालेपछि प्रहरीकै रोहवरमा भाडा तिर्न लगाउने र गाडी छुटाउनेसम्मको काम प्रहरीले गर्दै आएको छ । योे अवधिमा १०० भन्दा बढी सवारी कारवाहीमा परेको प्रहरीले जनाएको छ ।

अहिले अस्थायी जिल्ला ट्राफिक प्रहरी पोष्ट र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त टोलीले बिहान ४ बजेदेखि राति १०ः३० बजेसम्म नियमित ड्युटी गर्ने गरेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । “बेला–बेलामा रातको कुनै प्रवाह नगरी हामी पनि बाहिर निस्केर हिँडिरहेका हुन्छौँ”, उहाँले भन्नुभयो, “कसैले ठगिएको महसुस भए प्रहरीलाई खबर गर्न सकिन्छ ।