१ आश्विन २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार जलवायु कुटनीतिलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयको भुमिका पुनर्विचार गर्नुपर्छः मन्त्री खनाल त्रिभुवन विमानस्थलमा विदेशी मुद्रा विनिमय सेवाका लागि बोलपत्र आह्वान आज कति छ सुनचाँदीकाे मूल्य ? रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल जलवायु कुटनीतिलाई भारत–चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छः डा. ढकाल कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



अ+ अ-

काठमाडौं । गत बिहीबारको मन्त्रीपरिषद्को निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नती हुनु भएका प्राविधिक सहायक रथी डा. अरुण कुमार न्यौपानेलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज (मंगलबार) जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । 

पदोन्नती पश्चात उहाँ सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको रुपमा नियुक्ति हुनु भएको छ । 

उक्त अवसरमा, नेपाल सरकार, मन्त्रीपरिषद्को सोही निर्णय अनुसार मानार्थ उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सागर बहादुर के.सी. लाई समेत प्रधान सेनापति महारथी शर्माले मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको  थियो ।