१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु

मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु
अ अ+ अ-

काठमाडौं । नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ”, मौसमविद् नगरकोटीले भन्नुभयो ।

पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण उपत्यकासहित मुलुकभर चिसो बढ्ने गरेको महाशाखाले जनाएको छ । यस वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो भित्री औसतभन्दा १९ दिन ढिलो बाहिरिएको थियो । सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ अर्थात् असोज ६ गते नै मनसुन बाहिरिने औसत समय हो । मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्नै मौसमविद्को भनाइ रहेको छ ।

सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहने बताइएको छ । तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकाको समयमा चिसो हुने गरेको छ । महाशाखाले अबको केही दिन बिहानीको समयमा हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम २७ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।