१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न काङ्ग्रेसद्दारा प्रशासनको ध्यानाकर्षण

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न काङ्ग्रेसद्दारा प्रशासनको ध्यानाकर्षण
अ अ+ अ-

दमौली । तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधिले यसको नियन्त्रणमा गम्भीर बन्न प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ ।

चितुवाको आक्रमणबाट नगरपालिकाका विभिन्न वडामा पाँच जना बालबालिकाको मृत्यु भइसकेकाले जतिसक्दो चाँडो चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिकाका प्रमुखलगायत काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको ध्यानाकर्षण गराउनुभएको हो ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले मानिसको जीवन मूल्यसँग तुलना गर्न नमिल्ने भएकाले स्थानीयवासीको जीउज्यानको सुरक्षा गर्न चितुवा नियन्त्रणका लागि गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

चितुवाले दिनप्रतिदिन बालबालिकामाथि आक्रमण गरे पनि चितुवा नियन्त्रणमा लिन नसक्दा भानुमा सरकारको उपस्थिति नरहेको स्थानीय जनताले अनुभूति गर्न थालेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । “भानु नगरपालिकामा स्थानीयवासी अत्यन्तै त्रसित छन्”, वाग्लेले भन्नुभयो, “चितुवा नियन्त्रणका लागि प्रशासन गम्भीर बन्नुपर्ने देखिएको छ ।”

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सबैको सहयोगबाट नरभक्षी चितुवा नियन्त्रणमा लिइने बताउँदै जिल्ला सुरक्षा समितिको बैठकले चितुवालाई गोली हानेर मार्ने आदेश दिइसकेको जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले भानु नगरपालिकाका बस्ती जङ्गलसँग जोडिएको रहेकाले जोखिम बढेको बताउँदै घर नजिकै रहेका झाडी फँडानी गर्न सकिए चितुवाको आक्रमणबाट बच्न सकिने बताउनुभयो । प्रमुख बरालले चितुवा नियन्त्रणका लागि पहल भइरहेको पनि जानकारी दिनुभयो ।

“जङ्गलमा पाइने चितुवाको आहारा नष्ट हुनेक्रम बढेसँगै चितुवा बस्ती नजिक आउने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “आहारा खोज्दै चितुवा बस्ती नजिक आएपछि मान्छेलाई आक्रमण गरेर ज्यान लिने गरेको छ ।” गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक र सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतले चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई ढुक्कसँग बस्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मृत्यु हुने बालबालिकाको सङ्ख्या पाँच पुगेको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी र असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

यसरी चितुवाको आक्रमणबाट मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १०÷१० लाख उपलब्ध गराइसकिएको जनाएको छ ।