१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्री

प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्री
अ अ+ अ-

धम्बोझी । सरकारले प्रतिबन्ध लगाएको विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ ।

बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरकारले गत असारदेखि त्यसको बिक्री वितरणमा रोक लगाएको थियो । त्यस्ता विभिन्न ब्राण्डका जुस भियतनाम, बङ्गलादेश र थाइल्याण्डबाट आयात हुँदै आएका थिए । शक्तिवद्र्धक जुसले मुटु, मिर्गौलामा असर गर्ने विज्ञको भनाइ छ ।

सरकारले त्यसबारे मन्त्रिपरिषद्बाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरे पनि प्रतिबन्धबारे सर्वसाधारणलाई जानकारी नै छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले विदेशबाट आयात हुने विभिन्न फ्लेवर र शक्तिवद्र्धक जुसमा पूर्ण प्रतिबन्ध लागेको बताउनुभयो । रेडबुल, लिची, एप्पलस्लाइडर जस्तै थुप्रै प्रकारका शक्तिवद्र्धक जुस बजारमा पाइन्छन् ।

“सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी सरकारले प्रतिबन्ध लगाएको हुन सक्छ”, उहाँले भन्नुभयो, “त्यस्ता पेयपदार्थमा सर्वसाधारणको स्वास्थ्यका लागि आवश्यक पर्ने तत्व पाइँदैन ।” खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका अधिकृत एकराज बुढाथोकीले मौज्दात पेयपदार्थ बिक्री भइरहेको बताउनुभयो । तेस्रो मुलुकबाट आयात भएकाले तस्करीको सम्भावना नरहेको उहाँको भनाइ छ ।

“व्यापारीसँग जानकारी माग्दा पुरानो स्टक बिक्री गरेको भन्छन् । भारतमा पनि त्यस्ता पेयपदार्थ उत्पादन नहुने भएकाले स्टककै हो भन्ने लाग्छ”, उहँले भन्नुभयो, “दशैँ–तिहारसम्म स्टक सकिन्छ होला जस्तो छ । त्यसपछि बिक्री बन्द हुन्छ ।”

“निकासी पैठारी (नियन्त्रण ऐन) २०१३ को दफा ३ को उपदफा (१) बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्को) निर्णय अनुसार ०७६ असार २ गते नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना (खण्ड ६९, सङ्ख्या ११, नेपाल राजपत्र, भाग ४ को सूचना नं १ को प्रकरण ४) ले शक्तिवद्र्धक पेयपदार्थ र यस्तै प्रकारका पेयपदार्थको पैठारीमा पूर्ण बन्देज लगाएको हुँदा यस्ता पेयपदार्थ पैठारी (आयात) नहुने जानकारी गराइन्छ”, सरकारले गरेको निर्णयमा उल्लेख छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यले सरकारले शक्तिबद्र्धक पेयपदार्थमा रोक लगाएपछि अदालतले बिक्रीका लागि अनुमति दिएको बताउनुभयो । उहाँका अनुसार सरकारले प्रतिबन्ध लगाइरहँदा धेरै व्यवसायीले विदेशबाट माल मगाइसकेका थिए । “केही व्यवसायीले मगाएको पेयपदार्थ बन्दरगाहसम्म आइपुगेको नन्दलाल बैश्यले बताउनुभयो ।