१५ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गरेको जनाएको छ ।

विभागले आज गरेको समीक्षामा राष्ट्रपति सीको भ्रमण फलदायी भएको र यसले दीर्घकालीन महत्व राख्ने तथा नेपालको विकासमा कोशेढुङ्गा सावित हुने निष्कर्ष निकालिएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

विभागका प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वका शक्तिशालीमध्येको एक मुलुकका राष्ट्र प्रमुखको भ्रमण गराउन सक्ने क्षमता नेपालमा रहेको भरपूररुपमा देखाएको ठहर गर्दै विभागले यस भ्रमणले देशमा लगानीको वातावरण, छिमेकी र अन्तर्राष्ट्रिय चासो बढाउनाका साथै नेपाल पर्यटन वर्ष २०२० लाई पनि योगदान दिएको बैठकमा बताउनुभयो ।

भ्रमणका क्रममा भएका दुईपक्षीय र महत्वपूर्ण सम्झौताहरुको कार्यान्वयनका लागि सरकारको सम्बन्धित निकायले तदारुकता देखाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । समीक्षामा उपप्रमुखद्वय राम कार्की र रिजालका साथै डा युवराज सङ्ग्रौला, मिलन तुलाधर, डा रुपक सापकोटा र मात्रिका पौड्याललगायत सहभागी हुनुहुन्थ्यो ।