११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना सम्पूर्ण आंगिक क्याम्पसहरूलाई ६० दिनभित्र क्याम्पस परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले असार १५ गते जारी गरेको पत्रअनुसार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न सबै आंगिक क्याम्पसलाई परिपत्र गरिएको हो।

परिपत्रमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप बढ्दै जाँदा विद्यार्थीको वास्तविक आवाज ओझेलमा परेको तथा शैक्षिक गुणस्तरमा समेत नकारात्मक असर परेको उल्लेख गर्दै ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन भनिएको छ।

यसैगरी, विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित गर्न ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल ’ वा ‘भ्वाइस अफ स्टुडेन्ट जस्ता वैकल्पिक विद्यार्थी संयन्त्र विकास गर्न पनि निर्देशन दिइएको छ।

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले उक्त निर्देशनको कार्यान्वयन गरी त्यसको प्रगति विवरण यथाशीघ्र निर्देशनालयमा पठाउन सबै क्याम्पस प्रमुखलाई अनुरोध गरेको छ।